भारत-चीन सीमा विवादः दुवै सैनिक हतियार बटुल्दै

Photo : Economic Times
Photo : Economic Times

भारत-चीन सिमाना गलवान उपत्यकामा भएको हिंसात्मक भिडन्तपछि दुई सैनिकबीच ताना-तानी जारी रहेको छ।

सिमानाबाट सैनिक हट्नका लागि भारत–चीनबीच सैन्य र कूटनीतिक स्तरमा कयौं पटक संवाद भइसकेको छ। तर, दुवै देश दिर्घकालीन सीमा समस्या समाधान गर्न गम्भीर देखिएका छैनन्।

विगत एक वर्षदेखि भारतीय-चिनियाँ सैनिक ठाउँ-ठाउँमा आमने-सामने भएका छन्। अर्कोतर्फ लद्दाखको अशान्त इलाकामा जसरी हिँउ पग्लिने क्रम जारी रहेको छ, उसैगरी चीनले आफ्नो सैनिक उपस्थिति बढाउने कामलाई तीब्रता दिएको भारतीय पक्षको आरोप छ।

अघिल्लो वर्ष जाडो समयको शुरुवातमा दुवै देशका सैनिकले कमाण्डरस्तरिय संवाद गरेका थिए। भारतीय र चिनियाँ सहमति पछि पैंगोंग तालको दुई किनाराबाट आ-आफ्ना सैनिक हटाउने निर्णय गरे।

तालको दक्षिण किनारामा भारतीय सैनिकको महत्वपूर्ण सैन्य रणनीतिक मानिन्थ्यो। भारतले गोगरा-हाँटस्प्रिंग डेपसांग र डोकलामबाट चिनियाँ सैनिक फिर्ता लिने अपेक्षा गरे पनि त्यसो हुन सकेन।

भारतीय मिडियाका अनुसार चिनियाँ सैनिकले विवादित सीमा क्षेत्रमा नयाँ-नयाँ हतियार तैनाथ गरिरहेको बताएका छन्। चिनियाँ चालसँगै भारतले पनि सीमामा नयाँ हतियार पठाउने काम थालेको भारतीय सैनिक स्रोतले जनाएको छ।

लद्दाखस्थित उच्च स्थानबाट चिनियाँ सैनिकलाई आक्रमणका लागि रुस र इजरायलमा बनेका आधुनिक हतियार खरिद गर्ने मनसायमा रहेको बताइएको छ।

प्रकाशित मिति: : 2021-06-09 11:05:00

प्रतिकृया दिनुहोस्