अनलाइन व्यवसायलाई नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार अनलाइन व्यवसायलाई नरोक्न आदेश जारी गरेको हो।
‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ-कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएकाे छ।