पाकिस्तानमा रेल एक-आपसमा ठाेक्किँदा ३२ जनाकाे मृत्यु

Photo: AP
Photo: AP

पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

सिन्ध प्रान्तस्थित डहरकाे नजिकै 'सर सैयद एक्सप्रेस' र 'मिल्लत एक्सप्रेस' आपसमा जुध्दा ३२ जनाले ज्यान गुमाएका छन्। साथै दर्जनौंभन्दा बढी घाइते भएका छन्।

रेडियो पाकिस्तानका अनुसार दुर्घटना सोमबार बिहान भएको र दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई अस्पतालमा भर्ना गरिएको छ।

अहिले पनि रेलका डिब्बामा फसेका कयौं यात्रुलाई उद्धार गर्ने कार्य जारी छ। रेल्वे स्रोतका अनुसार 'मिल्लत एक्सप्रेस' कराचीबाट सरगोधा जाँदै थियो भने 'सर सैयद एक्सप्रेस' रावलपिण्डीबाट कराची जाँदै थियो।

दुर्घटनापछि मिल्लत एक्सप्रेसको आठ डिब्बा र सर सैयद एक्सप्रेसको इञ्जिनसहित तीन डिब्बामा पूर्ण क्षति भएको छ।

घोरकीको डहरकी र रेती रेल्वे स्टेशन बीचको भागमा दुई रेल आपसमा ठोकिएका थिए। 

प्रकाशित मिति: : 2021-06-07 09:55:00

प्रतिकृया दिनुहोस्