काेराेना संक्रमितकाे शव व्यवस्थापनमा स्काउट (भिडियाेसहित) 

शनि शाक्य

काठमाडौँ

टोखास्थित ग्राण्डी अस्पतालमा बुधबार काठमाडौंका ५८ वर्षीय सुशील वीर कंसाकारको मृत्यु भयो। 

निमोनियाका बिरामी समेत रहेका कंसाकारलाई कोरोना संक्रमण भएपछि केही दिन अगाडि अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमण भई अस्पताल भर्ना भएका उनको निधनपछि कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो। 

कोरोना संक्रमित भई अस्पतालमा निधन भएका उनको रिपोर्ट नेगेटिभ आउँदा पनि शव व्यवस्थापन कसले गर्ने भन्ने कुराले केही समय अन्योल उत्पन्न भयो। 

मृत्युपछि कोरोना रिपोर्ट नेगेटिभ आएका कारण उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने कुरा थिएन्। कोरोना त्रासले परिवार समेत पछाडि हट्यो। 

अवस्था यस्तो आयो जिम्मेवार पक्ष नै पछाडि हट्दाँ। कंसाकारको शव अस्पतलबाट उठेन्। यो अवस्था नियाली रहेकी नविना श्रेष्ठले नेपाल स्काउटलाई समस्याको बारे बताईन्। 

शव व्यवस्थापन सम्बन्धि कुनै पनि तयारीमा नरहे पनि अकस्मात आएको उक्त समस्याबाट नेपाल स्काउट पछि हटेन। स्काउटको टोली तत्काल अस्पतालमा पुगेर शव व्यवस्थापनको काम गर्याे। नेपाल स्काउट वागमती प्रदेश संयोजक केशरत्न बज्राचार्य, वागमती प्रदेश स्पेशल टाक्स फोर्सका संयोजक अजित लामा, सदस्य प्रकाश राज पाण्डे र स्काउटका ललितपुर सदस्य विकेन्द्र महर्जनले जोखिमका बीच शव व्यवस्थापन गरे। 

आपतकालीन समयमा यसअघि पनि नेपाल स्काउट शव व्यवस्थापनमा खटिएको थियो, तर कोरोनाको दोस्रो लहरमा नेपाल स्काउट वागमातीले कुनै शव व्यवस्थापन गरेको थिएन्। यो पहिलो भएको संयोजक केशरत्न बज्राचार्यले बताएका छन्। 

यसअघि, नेपालमा पहिलो पटक काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको शव व्यवस्थापन स्काउटको टोलीले गरेको थियो। त्यतिबेला संक्रमितको शव व्यवस्थापनका सम्बन्धि औपचारिक निर्णय नभएका कारण नेपाली सेनाले पनि शव व्यवस्थापन गर्न मानेको थिएन्। 

हाल शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले पाएका कारण आफूहरुले शव व्यवस्थापन गर्नु पार्ला की भन्ने साेचमा रहेकाे स्काउटका वागमती प्रदेश स्पेशल टाक्स फोर्सका संयोजक अजित लामा बताएका छन्। 

‘हामीलाई यस्तो अवस्था आउला भन्ने त थिएन, तर हामीले यस सम्बन्धि तालिम लिएका कारण शवस्थापनमा कुनै समस्या भएन्।’ संयोजक लामाले भने।  

त्यस्तै, शव व्यवस्थापनमा सहभागी सदस्य प्रकाश राज पाण्डेले शव व्यवस्थापनमा सामान्य डरको भाव उत्पन्न भएपनि संस्थाले राम्रोसँग ‘काउन्सिलिङ’ गरेका कारण कुनै समस्या नभएको बताएका छन्। 

‘विपद्को समय छ, यस्तो बेलमा हामीले जे आवश्यक पर्छ सबै गर्नुपर्छ भन्ने विश्वासका साथ तयार थियौं। बुधबारको घटनाले हामीले पनि शव व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा आत्मविश्वास बढेको छ।’ पाण्डेले भने।

हाल स्काउटले प्रदेश नं. १ का केही जिल्लामा शव व्यवास्थापन गर्दै आएको छ। सरकारले ताेके अनुसार कोरोना संक्रमितको व्यवस्थापनमा नेपाली सेनाले मात्रै गर्न पाउँछ। तर जोखिमको अवस्थामा अग्रपंक्ति रहेर शव व्यवस्थापनमा उदाहरणीय काम गरका कारण सेनाले हाल शव व्यवस्थापनका लागि स्काउटलाई पत्राचार गरेको नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले जानकारी दिएका छन्। 

‘हामीलाई सेनाले शव व्यवस्थापनको लागि पत्राचार गरको छ। तर कसरी अगाडि बढ्ने भन्ने कुराको निर्णय भएको छैन। जे होस् वार्ता सकारात्मक छ।’ निर्देशक भट्टराईले भने। 

काेराेना संक्रमण नियान्त्रणामा  नेपाल स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। कोरोना संक्रमणकाे पहिलो लहरमा जनचेतना फैलाउनेदेखि परामर्शका लागि स्वास्थ्यर्मीको व्यवस्थापन गरेकाे थियो। 

कोरोनाको दोस्रो लहरपछि निषेधाज्ञा अवधिमा कोरोना बाहेक अन्य बिरामीलाई अस्पतालसम्म पुर्याउनकाे लागि ‘नन् कोभिड एम्बुलेन्स’ संचालनमा ल्याएको छ। यसले बन्दाबन्दीको यो समयमा दीर्घ रोगी तथा आपतकालिन समस्यामा परेका कोरोना बाहेकका बिरामीलाई अस्पतालसम्म लगेर जाँच गरी घर सम्म पुर्याउने गर्छ। 

प्रकाशित मिति: : 2021-06-04 21:41:00

प्रतिकृया दिनुहोस्