कोभिडको सङ्क्रमण नघटेपछि अफगानिस्तानका विद्यालय बन्द रहने

Symbolic photo
Symbolic photo

कोभिड–१९ सङ्क्रमण नघटेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा बन्द गरिएका विद्यालयहरु बन्दको निर्णयलाई निरन्तरता दिने बताइएको छ। 

यसअघि अफगानिस्तानको सरकारले दुई हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। तर त्यहाँ अहिले पनि कोभिडको सङ्क्रमण घटेको छैन। 

कोभिडको सङ्क्रमण नघटेको भन्दै आगामी हप्तासम्मका लािग बन्द गरिएका विद्यालयहरु थप बन्द हुने अफगानिस्तान सरकारले जनाएको छ।

कोभिड–१९ लाई रोकथाम गर्ने उद्देश्यले सरकारले गतहप्ता उक्त घोषणा गरिएको टोलो न्यूजले अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी गराएको छ।

यसअघि अफगानिस्तानको सरकारले एक हप्ताको लागि भन्दै कोभिड–१९ नियन्त्रणका लागि काबुल, घाज्नी, हेलमाण्ड, कान्दाहर, लोगर, नानगर, परवान, मैदान वार्ड, पञ्जशीर, बल्ख, लघमान, बद्दाशान, कपिसा, कुन्दुजलगायतका प्रान्तका सरकारी तथा निजी विद्यालयहरू र विश्वविद्यालयहरू बन्द गरिएको बताएको थियो।

अफगान सरकारले अफगानिस्तानमा अहिलेसम्म कूल सङ्क्रमितको संख्या ७५ हजारभन्दा बढी पुगेको जनाएको छ। यस सङ्क्रमणबाट यहाँका करिब तीन हजार सङ्क्रमितको मृत्यु भएको जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-04 18:32:00

प्रतिकृया दिनुहोस्