लुम्बिनी प्रदेश सम्पर्क समिति युएईको दोस्रो महाधिवेशन सम्पन्न

युएईमा कार्यरत लुम्बिनी प्रदेशका नेपालीहरुको साझा संस्था 'लुम्बिनी प्रदेश संपर्क समिति युएई' को दोस्रो महाधिवेशन सम्पन्न भएको छ।

कोभिड-१९ का कारण भर्चुअल विधिबाट बिहिवार आयोजना गरिएको महाधिवेशनले रोल्पाका देवराज ओलिको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे।

सर्वसम्मत रूपमा चयन गरिएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पाल्पाका मोहन बुढाथोकी चयन भएका छन् भने उपाध्यक्ष त्रयमा क्रमश: पाल्पाकी सिर्जना केसी, अर्घाखाँचीका मीन भण्डारी र गुल्मिका कुमार केसी चयन भएका छन।

त्यसैगरी महासचिवमा रुपन्देहीका चिरन आचार्य र पाँच सचिवमा पाल्पाका मन सारु, प्युठानका जेवि जिसी, कपिलवस्तुका ईश्वर बन्जाडे, परासीका कृष्ण पराजुली र बाँकेका मोहन योगी चयन भएको समितिका प्रमुख संरक्षक चन्द्र सारु मगरले जानकारी दिए।

लुम्बिनी प्रदेशबाट रोजगारीका लागि युएई आएका नेपालीहरुलाई आपत-विपतमा सहयोग गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएको लुम्बिनी प्रदेश संपर्क समितिको दोस्रो महाधिवेशन लामो समयदेखी हुन सकेको थिएन।

नयाँ समिति चयन भएसँगै समितिका पदाधिकारीहरुले युएईमा समस्यामा परेका नेपालीहरुको सहयोगमा अझै क्रियाशिल भएर लागिपर्ने प्रतिबद्धता गरेका छन्।

प्रकाशित मिति: : 2021-06-04 09:04:00

प्रतिकृया दिनुहोस्