सुनको मूल्‍य तोलामा चार सय बढ्यो 

सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ।

बिहीबार छापावाल सुनको मूल्‍य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल  सुन बुधबार ९४ हजार ५ सय थियो।

यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५ सय तोकिएको महासंघले जनाएको छ।

चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: : 2021-06-03 12:23:00

प्रतिकृया दिनुहोस्