फिनल्याण्डका प्रधानमन्त्री सन्ना मारिनले मंगलबार आफ्नो परिवारको अनुदानप्राप्त ब्रेकफास्टको हजारौ युरो फिर्ता गर्ने प्रतिबद्धता गरेकी छन्।
उनले करदाताहरूको सौजन्यको बारेमा गरिएको खुलासालाई कम गर्नको लागि खाना खर्चमा हजारौं युरो फिर्ता गर्ने वाचा गरेकी हुन्।
३५ वर्षीया प्रधानमन्त्रीले स्पष्ट गरे कि उनले अब अन्तमा साताको १४ हजार युरो फिर्ता गर्ने वचन दिएपछि उनले त्यस्तो खर्चको दाबी गर्ने छैनन जुन उनले डेढ् बर्ष अघि कार्यलय सम्हालेपछि उनको निवासमा ब्रेकफास्ट र चिसो खानाको प्रतिपुर्तिको रुपमा पाएकी थिइन् ।
फिनल्यान्डकी प्रधानमन्त्रीले ट्वीटरमार्फत भनेकी छन् , ' खाना भत्ता सम्बन्धी खुला प्रश्नहरू उब्जिएको कारण मैले सम्बन्धित खर्च आफैं भुक्तान गर्नेछु।'
'चाहे त्यो नियमहरुसंग मेल खाए पनि भविष्यमा खाना भत्ता प्रयोग गर्ने मेरो मनसाय छैन,' एमटीभी३ प्रसारणको एक अन्तर्वार्तामा उनले भनिन्।
उनी भन्छिन्, 'परिवारको खानाजस्ता चीजहरूमा ध्यान दिन भन्दा मैले गर्नुपर्ने अन्य कामहरु छन्।'
गत मे २९ मा फिनल्यान्ड प्रधानमन्त्री सन्ना मारिनको खानामा खर्चको बारेमा अनुसन्धान गरिरहेको पुलिसले घोषणा गरेका थिए।
समाचारहरुका अनुसार उनले बिहानको परिवारिक खाजामा देशको करदाताको प्रत्येक महिना ३०० युरो प्रयोग गरेर गैरकानुनी रुपमा सरकारी सहयाता लिइएको आरोप लगाइएको थियो।