युएई-नेपाल भर्चुअल बैठक सम्पन्न, कोरोनाविरुद्ध लड्न नेपाललाई स्वास्थ सामाग्री पठाउने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र संयुक्त अरब इमिरेट्सको परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका राज्यमन्त्री अहमद बिन अलि स्याघबीच आईतबार भर्चुअल बैठक भएको छ। 

बैठकमा कोभिड–१९ को महामारीविरुद्ध नेपाल र युएइबीच सहकार्य गर्ने लगायत द्विपक्षीय सहयोगका विविध पक्षहरूमा छलफल भएको अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले कठिन परिस्थितिहरुमा युएई सरकारले नेपाल र नेपाली नागरिकलाई उपलब्ध गराउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेको दूतावासले जनाएको छ।

तस्विरः फाइल 

युएई सरकारले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई  १ सय ५० भेन्टिलेटर सहित झण्डै १० टन स्वास्थ्य सामाग्री विशेष विमानमार्फत नेपाल पठाउन लागेको छ। यी स्वास्थ्य सामाग्री बुधबार बिहान यूएईले विशेष विमानमार्फत नेपाल पठाउन लागेको बताईएको छ।

युएइ सरकारले गतवर्ष अप्रिलमा पनि नेपाललाई कोरोनाविरुद्ध लड्न ७ टन स्वास्थ सामाग्री सहयोग उपलब्ध गराएको थियो।

प्रकाशित मिति: : 2021-06-01 08:04:00

प्रतिकृया दिनुहोस्