यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन्। गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो।

चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेशरस्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताए।

सरकारले बजेट स्रोतको रुपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने लक्ष्य राखेको छ। यस्तै, ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ। तीन खर्ब नौ अर्ब रुपैयाँ वैदेशिक ऋण र दुई खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।

यसपालि सबभन्दा धेरै शिक्षा क्षेत्रमा बजेट विनियोजन गरिएको छ। सरकारले शिक्षामा १ खर्ब ८० अर्ब रुपैयाँ बजेट छुट्याएको छ। त्यस्तै गरी स्वास्थ्यमा १ खर्ब २२ अर्ब बजेट बिनियोजन गरिएको छ।

प्रकाशित मिति: : 2021-05-29 20:44:00

प्रतिकृया दिनुहोस्