बिएल संवाददाता
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट पारेका छन्।
अहिले सार्वजनिक भइरहेको उक्त बजेटमा खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ। जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन्।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गर्दै कोरोना उपचार तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए।
प्रतिनिधिसभा विघटन भएपछि सरकारले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको हो।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया