चिनियाँ र बृटिश विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ विदेश मन्त्री वाङ यी र बृटिश विदेश मन्त्री डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको छ। उनीहरुबीच वार्ता भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। 

उनीहरुबीच द्धिपक्षीय हितका विभिन्न विषयवस्तुहरुका साथै अन्य चासोका बारेमा कुराकानी भएको थियो। चिनियाँ विदेश मन्त्री यीले गत वर्षमात्र पनि चिनिया राष्ट्रपति सि जिनपिङ र बृटिश प्रधानमन्त्री बोरिस जोेन्सनबीच दुई पटकसम्म फोनमा कुराकानी भएको थियो। 

विदेशमन्त्री यीले बिहीबार दुई देशका विदेशमन्त्रीबीच भएको कुराकानी तथा गत वर्ष पनि चिनियाँ राष्ट्रपति र बृटिश प्रधानमन्त्रीका बीचमा भएको कुराकानी बाट यी दुई देश बीच असल सम्बन्ध रही आएको कुरा प्रमाणित हुने कुरा बताएका छन्।

उनीहरुबीच अहिले कोभिड १९ का कारणले दुवै देशमा पारेको प्रभावका साथै यसका कारण उत्पन्न परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ। साथै दुई देशबीचको आन्तरिक व्यापारिक साझेदारीका साथै अन्य आर्थिक विषयमा पनि कुराकानी भएको जनाइएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-28 13:11:00

प्रतिकृया दिनुहोस्