रसिया–पाकिस्तान पाइपलाइनको सम्झौता शुक्रबार हुँदै

Radio Pakistan
Radio Pakistan

रूसले निर्माण गर्न लागेको पञ्जाब पाइपलाइनको सम्झौता शुक्रबार हुने भएको छ। पाकिस्तान र रसियाले शुक्रबार औपचारिक रूपमा पाइपलाइनको सम्झौता गर्ने बताइएको छ।

पाकिस्तानको पंजाब प्रान्तबाट बन्दरगाह शहरसम्म १ हजार एक सय किलोमिटर पाइपलाइन विस्तारका लागि हस्ताक्षर हुनेछ।

यस परियोजनालाई पहिले उत्तर(दक्षिण पाइपलाइन भनिन्थ्यो तर हालमा पाकिस्तान स्ट्रिम ग्यास पाइपलाइन परियोजनाको नाम परिवर्तन गरी पाकिस्तानको तटीय क्षेत्रबाट ग्यास उत्तरमा औद्योगिक क्षेत्रमा पुर्याइने बताइएको छ।

शुक्रबारे औपचारिक हस्ताक्षरको लगत्तै पाइपलाइन परियोजनालाई पाकिस्तान स्ट्रीम ग्यास पाइपलाइन (एन्क्ए)को नाम दिइनेछ।

रसियाका लागि पाकिस्तानका राजदूत शफकत अली खानले मस्कोमा शुक्रबार पाकिस्तानको तर्फबाट सम्झौताको संशोधनका प्रोटोकलमा हस्ताक्षर गर्ने बताइएको छ।

प्रकाशित मिति: : 2021-05-27 13:43:00

प्रतिकृया दिनुहोस्