विपक्षी गठबन्धन सर्वोच्च जाँदै, निवर्तमान सांसद नागरिकतासहित सिंहदरबारमा (तस्वीरसहित)

शनि शाक्य

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी पार्टीहरु सर्वोच्च अदातल जाने तयारी गरेका छन्। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र) र एमाले (नेपाल) समूहका नेताहरुले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सर्वोच्च जानू अघि हस्ताक्षर अभियान थालेका छन्।

राष्ट्रपति कार्यालयमा प्रस्तावित प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा रहेका १४९ विघटित प्रतिनिधिसभा सदस्यहरुको हस्ताक्षर संकलन गर्ने काम भइरहेको कांग्रेस नेत्री सुताजा कोइरालाले बताएकी छन्।

कांग्रस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा नेता उपेन्द्र यादव, एमाले नेता माधवकुमार नेपाल लगायत सांसदहरु रहेका छन्।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा समेत शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएकोमा निवर्तमान संसादहरु कानूनी लडाइँका लागि सर्वोच्च जाने तयारी गरेका हुन्।

विपक्षी गठबन्धनले विघटित प्रतिनिधिसभाका सदस्यहरुको कांग्रेस संसदीय दलको कार्यालयमा हस्ताक्षर संकलन सुरु गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरेका निवर्तमान सांसदहरु नागरिकतासहित सिंहदरबारमा भेला भएका छन्।

प्रकाशित मिति: : 2021-05-23 12:12:00

प्रतिकृया दिनुहोस्