लैला खालिद : विमान अपहरणकी मास्टरमाइन्ड, जो आफैं ग्रिनेड बोकेर विमानमा जान्थिन

पर्दाफास

काठमाडाैं

२९ अगस्त १९६९ को दिन । रोम विमानस्थलमा सेतो सुट, टाउकोमा सनह्याट र आँखामा घामबाट बच्ने चस्मा लगाएकी एक २५ वर्षीय युवती टीडब्लुए ८४० विमानको पखाईमा थिइन् ।

भित्रबाट उनी एकदमै हडबडाई रहेकी थिइन । हलिउड अभिनेत्री अडरी हेपबर्न जस्तै देखिने यी युवतीले विमानस्थल सुरक्षाकर्मीको आँखा छल्दै एक पेस्तोल र दुई हाते ग्रिनेडभित्र लैजान सफल भएकी थिइन् । 

वेंटिङ रुममा उनका अर्का साथी सलिम इसावी थिए । दुवै जना एकअर्कालाई नचिन्ने नाटक गरिररहेका थिए । उनीहरु 'पपुलर फ्रन्ट फर लिबरेसन अफ फलस्टाइन'को चे ग्वारा यूनिटका महत्वपूर्ण सदस्य थिए । ती युवतीको नाम थियो, लैला खालिद । उनी बेरुतबाट एक्लै उडेर रोम पुगेकी थिइन् । 

लैला र उनका साथी इसावीले जानेबुझेरै फस्ट क्लासको टिकट बुक गरेका थिए । ताकि उनीहरुलाई ककपिटमा पुग्न सजिलो होस् । 

१९७३ मा प्रकाशित आफ्नो आत्मकथा ‘माई पिपुल शैल लिभ’ मा लैलाले लेखेकी छिन्, ‘म र इसाबी अलग अलग बसेका थियौं । त्यसबेला सिकागोमा बस्ने एक ग्रीक अमेरिकन मसँग केही नजिक हुन खोजिरहेको थियो ।’

‘उसले मलाई १५ वर्ष अमेरिकामा बसेपछि आफ्नो आमासँग भेट्न ग्रीस जान लागेको बताएको थियो । मेरो दिमागमा एकचोटी त उसलाई यो विमान छोडेर दोस्रो विमानमा जाउ भनौ भन्ने लागेको थियो । तर फेरि मैले आफूलाई त्यसो गर्नबाट रोके,’ उनी अगाडि लेख्छिन् ।

प्रकाशित मिति: : 2021-05-23 10:50:00

प्रतिकृया दिनुहोस्