थप ८९८० जनामा कोरोना पुष्टि, ८८४८ जना संक्रमणमुक्त

१२९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८ हजार ८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट १२९ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ जना पुगेको छ।

कूल ५ लाख ५ हजार ६४३ कोरोना पोजेटिभ हुँदा तीन लाख ८३ हजार ६८४ जना भने निको भएका छन्।

यसैगरी नेपालमा सक्रिय संक्रमितको सङ्ख्या एक लाख १५ हजार ८०६ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-05-22 17:29:00

प्रतिकृया दिनुहोस्