तिमीसङ्ग भेटेर आफै हराएँ
झुकाएर आँखा परेली लजाएँ
म उड्दै थिएँ एक्लै रित्तिएर
बिना डोर अल्झी तिमीनेर आएँ
दुवै मौन हाँस्दै दुवै मौन रोयौँ
नजानी नमानी व्यथामै रमाएँ
समाई सधैँ हात गन्तव्यसम्म
सयौँ मार्ग हिँड्ने नियात्रा बनाएँ
नलागोस् कुनै बात हाम्रो कथामा
त्यसैले म माया लुकाएर ल्याएँ।