अनुसन्धानले दोषी देखाए डोनाल्ड ट्रम्पले ६० वर्षकाे जेल सजाय भोग्नुपर्ने

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : apnews.com
Photo : apnews.com

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारबारे अहिले कानूनी अनुसन्धान चलिरहेको छ। यदी अनुसन्धानमा कुनै दोष देखियो भने पूर्व राष्ट्रपति ट्रम्पले जेलको सजाय भोग्नुपर्नेछ।

पूर्व राष्ट्रपति ट्रम्पको विरुद्ध न्यू योर्क राज्यका महान्यायधिवक्ता लेटिटिया जेम्सको कार्यालयद्वारा गरिएको अनुसन्धानबाट प्राप्त प्रमाणलाई म्यान्ह्याटनको जिल्ला न्यायधिस साइरस बेन्सद्वारा गरिएको अपराधिक अनुसन्धानमा सामेल गरिने भएको छ। उक्त अनुसन्धान ट्रम्प अर्गनाइजेसनद्वारा गरिएको बैंकको 'चेक' र 'ट्याक्स'सम्बन्धि धोखा-धडी र वित्तीय ठगीको बारेमा छ।

अनुसन्धानमा पूर्व राष्ट्रपति ट्रम्पका परिवार पनि तानिएका छन्। पूर्व राष्ट्रपति ट्रम्पको विरुद्ध भएको एक देबानी र अर्को फौजदारी अनुसन्धानमा दुवै अनुसन्धानको मिल्दो जुल्दो प्रमाणलाई एक स्थानमा राखेर अर्को सयुंक्त र गम्भिर अनुसन्धान पनि हुने भएको छ।

सयुंक्त अनुसन्धानमा न्यू योर्कको महान्यायधिवक्ताको कार्यालयका दुई सहायक महान्यायधिवक्ताहरु जिल्ला न्य्याधिसको समूहमा सहभागी हुने बताइएको छ।

अनुसन्धानबाट पूर्व राष्ट्रपति ट्र्म्प दोषी देखिएमा उनले करिब ६० बर्षको जेल सजाय र दश अर्ब डलर जरिवाना तिर्नुपर्ने छ। 

प्रकाशित मिति: : 2021-05-21 06:31:00

प्रतिकृया दिनुहोस्