राष्ट्रियसभाको उपचुनावमा एमाले उम्मेद्वार बादल पराजित, माधव समूहका देवकोटा विजयी

Breaknlinks
Breaknlinks

राष्ट्रिय सभा सदस्यका लागि वागमती प्रदेशकाे उपनिर्वाचनमा एमाले उम्मेद्वार राम बहादुर थापा 'बादल' पराजित भएका छन्। उक्त सिटमा एमालेकै माधव नेपाल नेतृत्वकाे 'समानान्तर समूह' का स्वतन्त्र उम्मेद्वार खिमलाल देवकाेटा विजयी भएका छन्।

राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ। स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाले प्रदेशमा ५८ र स्थानीय तहमा १२८ मत प्राप्त गरी विजयी भएका हुन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार देवकाेटाले प्राप्त गरेको कुल मतभार ५ हजार ८८ रहेको छ।

त्यसैगरी उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर थापाले प्रदेश सभाबाट ४५ र स्थानीय तहबाट १०३ मत ल्याए। थापाले प्राप्त गरेको मतभार ४ हजार ४१ रहेको छ।

कांग्रेसका प्रदेश सभा सदस्य प्रस्तावक र माओवादी केन्द्र समर्थक रहेर उम्मेद्वारी दर्ता गरेका देवकाेटा एमालेकाे माधव नेपाल पक्षका उम्मेद्वार हुन्। 

प्रदेशसभा सदस्य एक सय १० र प्रदेश भित्रका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ जना मतदाता रहेकाे उक्त निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिकाे प्रष्ट बहुमत थियाे तर एमालेका मतदातानै विभाजित भएपछि बादल पराजित भएका हुन्।

प्रकाशित मिति: : 2021-05-20 17:32:00

प्रतिकृया दिनुहोस्