कोरोना संक्रमणबाट भारतमा एक राज्य मन्त्रीको मृत्यु

Photo - livehindustan

भारतमा कोरोना भाइरस भयावह छ। देशभर संक्रमितको मृत्यु दर उच्च रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उत्तर प्रदेश राज्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता विजय कश्यपको कोरोनाबाट मृत्यु भएको छ।  

मन्त्री कश्यप पछिल्लोपल्ट स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना भएका थिए। लगतै उनलाई कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। 

स्वास्थ्य अवस्था गम्भीर भएपछि आईसीयूमा उपचाररत मन्त्री कश्यपको मंगलबार राति मृत्यु भएको हो। 

प्रकाशित मिति: : 2021-05-19 06:59:00

प्रतिकृया दिनुहोस्