थप ८ हजार २०३ जनामा कोरोना संक्रमण, १९६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या चार लाख ७२ हजार ३५४ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १९६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण गर्दा ८२०३ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म तीन लाख ५२ हजार ४१४ जना कोरोना भाइरसबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९१ सङ्क्रमित निको भएर घर फर्किएका छन्।

हाल देशभर एक लाख १४ हजार ५२९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-05-18 17:43:00

प्रतिकृया दिनुहोस्