बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली

सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ। 

उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन्। उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए। 

अफगानिस्तानमा तालिबानी लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन्। तर आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्नेमध्येका तीन जनाको ज्यान गएको बताइएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-17 12:47:00

प्रतिकृया दिनुहोस्