चीनमा यस वर्ष ९० लाख स्नातक उत्तीर्ण, रोजगार सप्ताहको तयारी

Global Times
Global Times

चीनका विश्वविद्यालय र कलेजबाट यस वर्ष ९० लाख ९ हजार विद्यार्थीले स्नातक उत्तीर्ण गर्न लागेको चिनियाँ शिक्षा मन्त्रालयले जनाएको छ। 

गत वर्षको भन्दा यस वर्ष तीन लाख ५० हजार बढी विद्यार्थीले स्नातक तह उत्तीर्ण गर्न लागेका हुन्। 

मन्त्रालयले स्नातक गरेका विद्यार्थीका लागि रोजगारी खोज्न वा नयाँ व्यवसाय थालनी गर्न विद्यार्थीसँग मिलेर कार्य गरिरहेको पनि जनाएको छ। हाल, चीनको रोजगार परिस्थितिमा क्रमिक सुधार आइरहेको मन्त्रालयको भनाइ छ। 

नयाँ स्नातक उत्तीर्ण विद्यार्थीका लागि आगामी मे १७ देखि २३ सम्म देशव्यापी रुपमा रोजगार प्रबद्र्धन सप्ताह सञ्चालन गर्न मन्त्रालयले पहल गरेको छ।

यस अवधिमा प्रत्येक प्रान्तले दुई वटा ठूला स्तरका रोजगार मेला आयोजना गर्नेछन्। विश्वविद्यालय र कलेजहरुले पनि क्याम्पस स्तरीय रोजगार कार्यक्रम सञ्चालन गर्ने र यी मेला अनलाइन एवं प्रत्यक्ष भेटघाटमा आधारित हुने मन्त्रालयले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-13 17:59:00

प्रतिकृया दिनुहोस्