गण्डकीमा पुनः मुख्यमन्त्री बन्दै एमालेका पृथ्वीसुब्बा गुरुङ

File Photo
File Photo

गण्डकी प्रदेश सभाकाे नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशकाे मुख्यमन्त्री पुनः नियुक्त हुने भएका छन्।

प्रदेश प्रमुख सीता पाैडेलले प्रदेश सभाकाे सबै भन्दा ठुलाे दल एमालेलाई अल्पमतकाे सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दाेश्राे पटक मुख्यमन्त्रीकाे सपथ खाँदैछन्।

उनले आजै सपथ खाने तयारी गरेकाे एमाले श्राेतले जानकारी दिएकाे छ। बैशाख २६ गते राजीनामा गरेका गुरुङ अहिले काम चलाउ मुख्यमन्त्री छन्।

मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पाैडेलले वैशाख २६ गते दिउँसाे ४ बजे सम्म बहुमतकाे सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन्।

प्रदेश प्रमुख पाैडेलले ताेकेकाे अवधिमा बहुमतकाे सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरे पनि सफल हुनसकेनन्।

उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाकाे साथ थियाे। जनमाेर्चाकाे एक मत नहुँदा नेपाली मुख्यमन्त्री बन्न पाएनन्।

गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासकाे मत लिनु पर्नेछ।

प्रकाशित मिति: : 2021-05-12 17:16:00

प्रतिकृया दिनुहोस्