बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भएका छन्। प्रतिनिधिसभामा सोमबार भएको मतदानमा उनले ९३ मत मात्र प्राप्त गरे। उनकाे प्रस्तावकाे विपक्षमा १२४ मत परेकाे छ। उनले आजै राजीनामा गर्ने तयारीसमेत छ।
उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रमाणित गर्न हाल कायम संख्या २७१ को कम्तिमा बहमत अर्थात् १३६ मत पाउनु आवश्यक थियो। प्रतिनिधिसभाको मतदानमा जम्मा २३२ जना उपस्थित रहेकाेमा राजपाका १५ जनाले 'तटस्थ' मा मत हालेका छन्।
प्रतिनिधिसभामा भएको मतदानमा ओलीको पक्षमा उनको दल एमालेले मतदान गरेका थिए। उनकै दलका ‘समानान्तर समूह’का नेताहरु पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल समूह अनुपस्थित रहेको छ। खनाल कोरोना संक्रमणका कारण अस्पतालमा छन् भने नेपालले भने आफू पक्षधर सांसद्लाई समेत नजान निर्देशन दिएका हुन्।
नेपालले सांसद्हरुलाई प्रतिनिधिसभाबाटै राजीनामा गराउने प्रयास गरे पनि समानान्तर समूहका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टले भने त्यसो गर्न नहुने अडान राखेका थिए।
उनीहरुले आफ्नै दलका अध्यक्ष ओलीलाई विश्वासको मत दिनुपर्ने बताएका थिए तर नेपाल, भीम रावल, विरोध खतिवडालगायत नेपाल पक्षले नमानेपछि बीचको बाटो निकाल्ने प्रयासमा अनुपस्थित हुने निर्णय गरेका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया