बिएल संवाददाता
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्नु नै गलत भएको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, 'आफैँले विघटन गरेको प्रतिनिधिसभामा विश्वासको मत माग्नु भएको छ। जुन प्रतिनिधिसभाप्रति उहाँको विश्वास छैन। हामीले कसरी विश्वासको मत दिने?'
'संघीयताको समाप्ती गर्ने काम गर्नु भयो। संविधान नै धरापमा परेर लोकतन्त्र नै समाप्त पार्न खोज्नु भयो। यस हिसाबले तपाईंलाई कसरी विश्वासको मत दिने?',उनले प्रश्न गरे
उनले प्रधानमन्त्री ओलीले आफूहरुसंग विगतमा गरेका सहमति कार्यान्वयन नगरेको आरोप लगाए।
यादवले भने,'यो तीन वर्ष प्रधानमन्त्रीले हामीसँग धेरै सहमति त गर्नु भयो। तर कार्यन्वयन गर्नु भयो? हामीले कसरी विश्वास गर्ने।'
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया