
बिएल संवाददाता
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्नु नै गलत भएको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, 'आफैँले विघटन गरेको प्रतिनिधिसभामा विश्वासको मत माग्नु भएको छ। जुन प्रतिनिधिसभाप्रति उहाँको विश्वास छैन। हामीले कसरी विश्वासको मत दिने?'
'संघीयताको समाप्ती गर्ने काम गर्नु भयो। संविधान नै धरापमा परेर लोकतन्त्र नै समाप्त पार्न खोज्नु भयो। यस हिसाबले तपाईंलाई कसरी विश्वासको मत दिने?',उनले प्रश्न गरे
उनले प्रधानमन्त्री ओलीले आफूहरुसंग विगतमा गरेका सहमति कार्यान्वयन नगरेको आरोप लगाए।
यादवले भने,'यो तीन वर्ष प्रधानमन्त्रीले हामीसँग धेरै सहमति त गर्नु भयो। तर कार्यन्वयन गर्नु भयो? हामीले कसरी विश्वास गर्ने।'
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया