बिएल संवाददाता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदन र सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन्।
विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा सोमबार भएको छलफलमा भाग लिँदै प्रचण्डले प्रश्न गरे, ‘आफैंले विघटन गरेको संसद, यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू?’
उनले समर्थन फिर्ता लिँदा फेरि संसद विघटन गर्ने हुन कि भन्ने डरले आफूहरुले तत्कालै सर्मथन फिर्ता नलिएको बताए।
'कि फेरि विघटनको निम्ती विश्वासको मत मागेका त होइन? यदि इमान्दारीता थियो भने प्रतिनिधिसभा पुनःस्थपान भएको एक महिनाभित्र विश्वासको मत माग्नु पथ्र्यो। ३० दिनभित्र विश्वको मत लिनुको साटो समर्थन फिर्ता नलिएको भन्नु भयो। तपाईले फेरि संसद विघटन गर्नुहुछ कि भनेर हामी पछि सरेको हो', प्रचण्डले भने।
प्रचण्डले अहिले विश्वासको मत लिने प्रक्रिया स्वभाविक नलाग्ने पनि बताए।
अहिले तपाईले मागको विश्वासको मत पनि स्वभाविक छैन, नाटकीय छ, किनभने अब बर्षे अधिवेशन आउनै लाग्दा विशेष अधिवेशन बोलाउनु गतल छ। कि राष्ट्रपतिले बोलाउनु पर्ने हो तर तपाईं आफैंले बोलाउनु भयो। तपाईले अपनाएको कदम विश्वासको छ ? एक पटक सोच्नु होला। उनले भने।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया