उपाधि होडको रियल मड्रिड बराबरीमा रोकियो 

cbssports.com
cbssports.com

स्पेनिस ला लिगा फुटबलमा उपाधिको होडमा रहेको रियाल मड्रिड बराबरीमा रोकिएको छ।

आइतबार भएको खेलमा रियल सेभियासँग २–२ गोलको बराबरीमा रोकिएको हो।

रियलको घरेलु मैदानमा सेभियाका फेनान्डोले खेलको २२ औं मिनेटमा पहिलो गाले गर्दै अग्रता दिलाए। निकै प्रतिस्पर्धात्मक भनेको खेलमा ६७ औं मिनेटमा मार्काे एसेन्सियोले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा फर्काए।

७८ औं मिनेटमा इभान राकिटिकले पेनाल्टीमा गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाएका थिए। इन्जुरी समयको चौंथो मिनेटमा रियलका इडेन हाजार्डले गोल गर्दा खेल २–२ गोलको बराबरीमा रोकियो।  

बराबरीसँगै उपाधि होडमा रहेको रियलले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गर्ने अवसर खेर फालेको छ।

अन्तिम तीन खेलअघि शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ। दोस्रो स्थानको रियलको ७५ अंक छ। सोभिया भने, ७१ अंक सहित चौंथो स्थानमा रहेको छ। 

प्रकाशित मिति: : 2021-05-10 07:45:00

प्रतिकृया दिनुहोस्