बिएल संवाददाता
जनता समाजवादी पार्टी (राजपा) ले आफ्ना आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने विवादमा फूटको संघारमा पुगेको राजपाले पार्टीलाई विभाजनबाट जोगाउन यस्तो उपाय निकालेको हो।
सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा सम्पन्न पदाधिकारी बैठकले सोमबार सरकारलाई विश्वासको मतदानमा आफ्ना सांसदहरूलाई स्वतन्त्र छाड्ने निर्णय गरेको हो।
अब सो पार्टीका सांसद् सरकारलाई विश्वासको मत दिन र नदिन स्वतन्त्र भएका छन् । पार्टीका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग निकट छन् भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव भने ओली सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा देखिएका छन् ।
एमालेभित्र माधव नेपाल समूहको राजीनामा प्रयासपछि ठाकुर र महतोले कुनै पनि पक्षमा नलाग्ने निर्णय ओली र देउवालाई सुनाइसकेका छन् । दुवै पक्षले आफ्नो बहुमत रहेको दाबी गर्दै आएका थिए ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया