बिएल संवाददाता
जनता समाजवादी पार्टी (राजपा) ले आफ्ना आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने विवादमा फूटको संघारमा पुगेको राजपाले पार्टीलाई विभाजनबाट जोगाउन यस्तो उपाय निकालेको हो।
सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा सम्पन्न पदाधिकारी बैठकले सोमबार सरकारलाई विश्वासको मतदानमा आफ्ना सांसदहरूलाई स्वतन्त्र छाड्ने निर्णय गरेको हो।
अब सो पार्टीका सांसद् सरकारलाई विश्वासको मत दिन र नदिन स्वतन्त्र भएका छन् । पार्टीका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग निकट छन् भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव भने ओली सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा देखिएका छन् ।
एमालेभित्र माधव नेपाल समूहको राजीनामा प्रयासपछि ठाकुर र महतोले कुनै पनि पक्षमा नलाग्ने निर्णय ओली र देउवालाई सुनाइसकेका छन् । दुवै पक्षले आफ्नो बहुमत रहेको दाबी गर्दै आएका थिए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया