शीर्ष स्थानको सिटी चेल्सीसँग पराजित 

इंग्लिस प्रिमियर लिग
इंग्लिस प्रिमियर लिग

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटी चेल्सीसँग पराजित भएको छ। 

शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

चेल्सीलाई जित दिलाउन हाकिम जिएच र मार्काेस अलोन्सोले एक–एक गोल गरे। सिटीका रहिम स्ट्रर्लिङले एक गोल फर्काए। 

खेलको ४४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। 

६३ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए । इन्जुरी समयमा चेल्सीका अलोन्सोले गोल गर्दै २–१ को जित दिलाए। 

जितसँगै चेल्सी ६४ अंक सहित तेस्रो स्थानमा रहेको छ। सिटी ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। 

प्रकाशित मिति: : 2021-05-09 08:04:00

प्रतिकृया दिनुहोस्