पातरासीमा कोरोना अनुदानको चामल हिनामिना, हिसाब खोज्दा उपाध्यक्षमाथि दुर्व्यवहार

जुम्लाको पातारासी  गाउँपालिकामा गएकाे वर्ष लकडाउनकाे बेला राहतकाे  भनी आएको चमला हिनामिना भएको पाइएकाे छ।

उक्त हिनामिनाकाे हिसाब माग्दा गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महतारामाथि कार्यपालिकाको बैठकमा पालिका अध्यक्ष लक्षिमान बोहोराले दुर्व्यवहार गरी अपमानित शब्द प्रयोग गरेको भन्दै मिडियामा उपाध्यक्ष रुँदै आएकी हुन्।

'गाउँपालिका अध्यक्षको मिलेमताेमा सहकारीलाई पैसा छुटाउने र चामल वितरण गर्न दिने भनी कार्यापालिकाको बैठकमै कुरा उठाउँदा अध्यक्षले निच शब्द प्रयोग गरी गाली गरेर दुर्व्यवहार गर्नुभयाे,' उपाध्यक्ष महताराले भनिन्।

यता गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले भने, 'कार्यपालिकाको बैठमा प्रसंग बेगरको कुरा गर्दा कोरोना संक्रमित बढिरहेका बेला यस्तो कुरा नगर्नुस् भनेकाे हुँ। बरु उपाध्यक्षले नै बेला बेला बैठकमा प्रसंग बेगर कुरा निकालेर बखडा झिकिरहनु भएकाे छ।'

जुम्लामा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाबाट गएकाे मंसिर २४ गते अनुदानको लागि आएको चामल वडाहरुमा बाँडे पछि बचेको जिरा मसिना चामल २५ प्याक, सोना मन्सुली चामल ५७ प्याक, अरुवा मोटो चामल ८१ प्याक, स्टार चामल २४ प्याक  र ८१ कुइन्टल नुन सरकारीले लिएको थियो।

तर उक्त चामल र नुनको हिसाबकिताब र लेखाजोखा के कति भयो, गाउँपालिकामा बुझाएको देखिँदैन।

सहकारीका प्रबन्धक रत्नराज शाहीले गाउँपालिकाको अनुदानको चामल वितरण पछि कुहिन थालेपछि गाउँपालिकाको निणर्य अनुसार सहकारीको पसलमा बिक्रीका लागि दिएको र केही  गाउँपालिकाको सिफारीसका आधारमा वितरण गरिसकिएकाे जानकारी दिए।

'ढुवानी वाफतको रकम पनि गाउँपालिकाबाट लिन बाँकी रहेको र १२ बोरा चामल गाउँपालिकाकै पदाधिकारीको सिफरीसमा निम्न वर्गलाई वितरण गरिएको हाे,' उनले भने, 'गाउँपालिकालाई हिसाब किताबका लागि बोलाउँदा काेहि पनि नआएकोले हिसाब किताब नभएको हाे।'

गाउँपालकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाका अनुसार गाउँपालिकामा चामल गोदाममै थन्किन थाले पछि सहकारीलाई अनुदानमा बेच्न दिइएकाे हाे। उनले भने, 'ढुवानि वाफतको पैसा पनि सहकारीलाई दिन बाँकी रहेकाले पनि हिसाव किताबमा ढिलो भएको छ।

प्रकाशित मिति: : 2021-05-07 18:51:00

प्रतिकृया दिनुहोस्