डिल्ली पाण्डे
मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित एभरेष्ट फन पार्कमा १२ वर्षीया बालिकामाथि बलात्कार भएको छ। दमक घर भएकी बालिका दमककै एक व्यक्तिबाट बलात्कृत भएको खुल्न आएको हो।
समाचार स्रोतका अनुसार, ती बालिकालाई दमकका दुर्गा पौडेल नाम गरेका व्यक्तिले जर्वरजस्ती करणी गरेको खुलेको छ। पौडेलले ती बालिकालाई वैशाख ९ र १९ गते दुई पटक एभरेष्ट फन पार्कमा लगेका थिए। बालिकालाई फनपार्कको कोठामा लगेर जबर्जस्ती करणी गरेको पीडित परिवारको भनाइ छ। स्रोतका अनुसार, एभरेष्ट फनपार्कका सञ्चालकले नै आरोपीलाई भगाएका हुन्।
पीडित पक्षको जाहेरी अनुसार मुद्दा चलाउन बाध्य भए पनि उर्लाबारी प्रहरीको फनपार्क सञ्चालकसँगको ‘कनेक्सन’ का कारण अभियुक्त सहजै उम्केको पीडित पक्षको आरोप छ।
एभरेष्ट फनपार्क गत पुस १७ गतेबाट सञ्चालनमा आएको हो। उद्घाटनअघि त्यसका सञ्चालकहरुले पत्रकार सम्मेलन नै गरेर फनपार्क परिसरमा यौनजन्य गतिविधि गर्न वर्जित गरिएको दाबी गरेका थिए।
उर्लाबारीका केही 'नवधनाढ्य' ले संयुक्त रुपमा खोलेको फनपार्कमा बालिका बलात्कारजस्तो जघन्य घटना हुँदापनि सञ्चालकहरु बेखबर झैँ बनेका छन्।
सञ्चालक मध्येका एक राजु श्रेष्ठले प्रतिक्रिया दिन चाहेनन्। उनले टेलिफोनमा भने, 'फनपार्कका अध्यक्षसँग सबै कुरा बुझ्नू।' फनपार्क अध्यक्ष तुलसी श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा उनको मोवाइल स्वीच अफ भएकोले सम्पर्क हुन सकेन।
मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने छ। १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदखि २० वर्षसम्म दोषीलाई कैद सजाय हुने छ।
यसबारे उर्लाबारी प्रहरीले पनि घटनाको अनुसन्धान भइरहेको जनाउँदै विस्तृत जानकारी दिन अनाकानी गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले भने, ‘अभियुक्त फरार रहेकोले सबै विवरण नखुलाइएको हो। आरोपीलाई पीडितको जाहेरी अनुसार करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।'
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया