पूर्व च्याम्पियन शकील अहमद हलवाईको निधन

सन् १९९० मा बेइजिङ एसियन गेम्समा सहभागी नेपालका अन्तर्राष्ट्रिय खेलाडी शकील अहमद हलवाईको कोरोना संक्रमणका कारण बिहीबार साँझ निधन भएको छ।

उनी ५४ वर्षका थिए। पूर्व राष्ट्रिय च्याम्पियन शकील कोरोना पोजेटिभ भएपछि गतसाता अस्पताल भर्ना भएका थिए।उनलाई ‘प्लाज्मा थेरापी’ दिइएको थियो। तर, त्यसले खासै काम नगरेपछि साँझा ७ बजे निधन भएको हो।

शकील पछिल्लो समय राष्ट्रिय खेलकुद परिषदमा भरोत्तोलनको प्रशिक्षक थिए। गत साग गेम्समा स्वर्ण जितेकी सञ्जु चौधरी र रजत जितेका प्रकाश केसी उनका उत्पादन हुन्। 

शकील आफू पनि ५२ केजी तौल समूहगतको पूर्व च्याम्पियन हुन्। उनको निधनले राष्ट्रले राम्रो प्रशिक्षक तथा पूर्व खेलाडी गुमाएको पूर्व ओलम्पियन सुरेन्द्र हमालले बिएलन नेपाली सेवालाई बताए।  

प्रकाशित मिति: : 2021-05-07 09:58:00

प्रतिकृया दिनुहोस्