नभाल्नीको भ्रष्टाचार विराेधी संस्थामाथि प्रतिबन्ध

Pbs.org

रसियाको अदालतले रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचकसमेत रहेका विपक्षी दलका नेता एलेक्सी नभाल्नीको भ्रष्टाचार विराेधी संस्था (एफबीके)माथि  प्रतिबन्ध लगाएको छ।

अदालतले एफबीकेमाथि मंगलबार प्रतिबन्ध लगाउन आदेश दिएकाे हाे। याे आदेशसँगै एफबीकेलाई इन्टरनेटमा सामग्री पोस्ट गर्न, मिडिया प्रयोग गरेर विरोध प्रदर्शन गर्न, चुनावमा भाग लिन र बैंकमा निक्षेप प्रयोग गर्न प्रतिबन्ध लागेकाे छ।

तर, फाउन्डेशनका इभान झ्डानोभले अदालतकाे आदेशले आफूहरुलाई केही असर नपार्ने बताएका छन्। 

नभाल्नी रुसी राष्ट्रपति पुटिनका ठूला अलोचक हुन्। उनलाई फेब्रुअरीमा कारागार चलान गरिएकाे थियाे। नभाल्नीलाई मस्कोभन्दा करिब १ सय किलोमिटर पूर्वमा रहेको पोक्रोव सहरको एक जेलमा राखिएको जनाइएकाे छ।  उनकाे रिहाइका लागि निरन्तर प्रदर्शन भइरहेकाे छ। 

यसैलाई मथ्थर पार्न राज्यले कडा निति अवलम्बन गरेकाे हाे। 

प्रतिबन्धसँगै अदालतले एफबीके यसका क्षेत्रीय कार्यालयलाई कट्टरपन्थी संगठनका तोकेकाे छ भने रसियामा प्रतिबन्ध लगाउन आदेश दिएकाे छ।

एफबीकेले यस कदमलाई आफूमाथि राज्य सरकारले गरेकाे सबैभन्दा ठूलो प्रहार भएकाे टिप्पणी गरेकाे छ। 

यसका साथै आफ्ना कर्मचारी र समर्थकहरूको सुरक्षाको लागि तुरून्त  काम रोक्न निर्देशनसमेत दिएकाे छ। यद्यपि, एफबीकेले भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेकाे छ।



जोगवनीको ढाट बन्द गरेर यसरी नेपाल छिराइँदैछ कोरोना 

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

दासढुङ्गाभित्र लुकेका घटना र प्रेमकथाहरु

धरहरा, कोलकाताको ‘शहिद मिनार’ र भारतीय मानसिकता

प्रकाशित मिति: : 2021-04-28 09:52:00

प्रतिकृया दिनुहोस्