गण्डकीको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुँदै

File photo
File photo

आजदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ।

अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने बताइएको छ। छलफलपश्चात मतदान हुनेछ।

अधिवेशनमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि आफ्नो धारणा राख्ने कार्यक्रम छ। उनी बाेलेपछि अरु प्रदेशसभा सदस्यहरुले बोल्नेछन्।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ। ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ।

एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन्। यस्तै जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन्।

प्रकाशित मिति: : 2021-04-26 09:19:00

प्रतिकृया दिनुहोस्