उर्लाबारीमा आज बिहानै बारुलाले टोक्दा ४ जना घाइते 

मोरङको उर्लाबारी- ४ स्थित नगरपालिका कार्यालय अगाडी राजमार्गमा आज बिहान खाँगोले टोक्दा चार जना घाईते भएका छन्।

बिहान राजमार्गमा हिँड्दै गर्दा खाँगोको टोकाईबाट उनीहरु घाईते भएका हुन्। खाँगो एक किसिमको ठूलो बारुला हो।

घाईते हुनेमा ३५ वर्षीय शंकरकुमार दनुवार, १९ वर्षीय पारस लिम्बु, १९ वर्षीय बुद्धराज लिम्बु र ६२ वर्षीय सोमनाथ लुईटेल रहेका छन।

उनीहरु सबैको अरनिको अस्पतालमा उपचार भईरहेको छ। यसअघि मंगलबार पनि त्यही ठाउँमा खाँगोले टोक्दा एक जना घाईते भएका थिए।

प्रकाशित मिति: : 2021-04-21 09:19:00

प्रतिकृया दिनुहोस्