लिभरपुल बराबरीमा रोकियो

File Photo
File Photo

इंग्लिस प्रिमियर लिगमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ।

सोमबार राति भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

लिड्सको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाड्नु परेको छ।

खेलको ३१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका हुन्।

त्यस्तै खेलको ८७ औं मिनेटमा डिएगो लोरेन्टले गोल गर्दै लिड्सलाई हारबाट जोगाएका थिए। लिभरपुलले ३२ खेलमा ५३ अंक जोडेको छ।

लिगको छैटौं स्थानमा रहेको छ। त्यस्तै लिड्स ४६ अंक जोडेर दशौँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2021-04-20 07:05:00

प्रतिकृया दिनुहोस्