इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स ४५ रनले पराजित भएको छ।
मुम्बईमा सोमबार राति राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो।
चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो
राजस्थानका जोस बट्लरले सर्वाधिक ४९ रन बनाएका थिए। चेन्नईका मोइन अलिले ३ तथा सामु कुरन र रविन्द्र जडेजाले २/२ विकेट लिए।
चेन्नई ३ खेलमा २ मा जित र १ मा हार सहित चार अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।
रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ।
दिल्ली र मुम्बईको समान ३ खेलमा २-२ मा जित र १-१ मा हारका साथ समान ४ अंक भएपनि नेट रनरेटले दिल्ली तेस्रो र मुम्बई चौथो स्थानमा छन्।