त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा मलेसियामाथि नेपालले सान्दार जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियालाई ९ विकेटले हराउँदै सान्दार जित निकालेको हो।
मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा पूरा गर्याे।
नेपालको जितमा ओपलिङमा आएका कुशल भुर्तेलले ६१ रनको अर्धशतकीय इनिङ्स् खेले। उनले ४० बलमा ५ छक्का र ३ चौका प्रहार गरे। कुशलसँग ओपनिङमा आएका आसिफ शेखले ३५ रनको योग्दान गरे। उनले १ छक्का २ चौका प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले ३ रन बनाएर नटआउट रहे।
मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए ।
यसअघि पहिले ब्यटिङ गरेको मलेसिया १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो।
मलेसियाका लागि कप्तान अहमद फाइजले ३४ तथा साईद आजिजले २७ रनको योग्दान गरे। विरन्दीप सिंहले ६, शाफिक शारिफ १५ रन बनाएर आउट भए।
नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले १–१ विकेट लिए।