त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई जितका लागि १ सय १० रनको सामान्य लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अल आउट हुँदै १ सय ९ रन बनायो।
मलेसियाका लागि कप्तान अहमद फाइजले ३४ तथा साईद आजिजले २७ रनको योग्दान गरे। विरन्दीप सिंहले ६, शाफिक शारिफ १५ रन बनाएर आउट भए।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले १–१ विकेट लिए।