बराबरीमा रोकिए इन्टर मिलान र नापोली

Photo : SBSsports

इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलान र इन्टर नापोली बराबरीमा रोकिएका छन्।

आइतबार राति भएको खेलमा मिलान र नापोली १-१ को बराबरीमा रोकिएका हुन्।

खेलको ३६औं मिनेटमा समिर हान्डअनोभिचको आत्मघाती गोल गरे। जसबाट नापोलीले अग्रता लिने अवसर पाएको थियो।

मिलानलाई बराबरीमा ल्याउँन खेलको ५५औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गरे। उक्त बराबरीसँगै मिलानले ३१ खेलमा ७५ अंक जोडेको छ।

त्यस्तै नापोली ६० अंक जोडेर पाँचौं स्थानमा छ।

प्रकाशित मिति: : 2021-04-19 09:03:00

प्रतिकृया दिनुहोस्