सात पाकिस्तानी प्रहरी तथा बनपाले प्रदर्शनकारीहरूको कब्जामा

DAWN

कट्टरपन्थी इस्लामीक पार्टीका समर्थकहरूले कम्तीमा सात पाकिस्तानी प्रहरी र विशेष वन अधिकारीहरूलाई आइतबार बन्धक बनाएका छन्। फ्रान्स विरोधी प्रदर्शनका केही दिनपछि यो घटना भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्। 

घटनामा तेहरिक–ए–लब्बाइक पाकिस्तान (टीएलपी) समूहको सम्लग्नताको अनुमान प्रहरीले गरेको छ।

लाहोरका प्रहरी प्रवक्ता राणा आरिफले एएफपीसँग भने, “टीएलपीका सदस्यहरूले सात प्रहरी अधिकारी तथा बनका कर्मचारीलाई बन्धक बनाएको सूचना आएको छ। प्रहरीले उनीहरूको सकुशल रिहाईका लागि अनुसन्धान अघि बढाइसकेको छ।” 

घटनाको पुष्टि गर्दै पञ्जाब प्रान्तीय सरकारका प्रवक्ता फिरदौस आशिक अवानले भने, “केही प्रदर्शनकारीहरूले १२ प्रहरीलाई नियन्त्रणमा लिई लाहोरको टीएलपी मस्जिदमा लगिएको बुभिएको छ। मस्जिदमा सयौं समर्थक जम्मा भएका र घटनालाई थप उत्तेजित हुन नदिइकन उनीहरूलाई मुक्त गर्न प्रहरी तथा प्रशासन लागिसकेको छ।” एएफपी

प्रकाशित मिति: : 2021-04-18 20:15:00

प्रतिकृया दिनुहोस्