क्यानडामा कोरोना संक्रमितको संख्या बढ्दो

क्यानडामा गत साता देखि कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ।

पछिल्लो समय दैनिक  कोरोना संक्रमितको संख्या ८ हजार भन्दा बढि पुग्न थालेको छ। यो दर ३३ प्रतिशतले वृद्धि भएको हो।

क्यानाडाका मुख्य सार्वजनिक स्वास्थ्य अधिकारी थेरेसा टेमले बुधबार भनेकी छन्, 'कोभिड १९ को कारण धेरै जसो मान्छे चिन्ता र तनाबग्रस्त छन।' 

संक्रमण दर ३३ प्रतिशत र मृत्युदर २४ प्रतिशतले वृद्धि हुनु सरकारको लागि पनि चिन्ताको विषय रहेको जानकारी दिदै उनले भनिन, 'कुल दरमा ३६ हजार नयाँ प्रकारको कोरोना हो, जसमा बि भेरिएण्ट करिब ९६ प्रतिशत रहेको छ।'

टेमका अनुसार मङ्गलबार सम्म १० लाख ७८ हजार पाँच सय ६२ कोरोना संक्रमण भएका छन्। २३ हजार ३ सय ९२ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: : 2021-04-15 08:17:00

प्रतिकृया दिनुहोस्