कोरोनाका कारण भारतको राँची सडकमा जल्न थाल्यो लास

भास्कर
भास्कर

भारतको झारखण्ड राज्यको राजधानी राँचीमा कोरोनाबाट मर्नेको संख्यामा बृद्धि हुन थालेपछि लास जलाउने स्थानको कमि हुँदा बाटोमै जलाउनु परेको छ। 

पछिल्लो १० दिनयता राँचीमा लास जलाउने ठाउँमा अचानक मृतकको संख्या बढेको थियो।

आइतबार मात्र यहाँ ६० जनाको दाहसंस्कार गरिएको थियो। यसमा १२ जना कोरोना संक्रमित थिए। 

कोरोनाबाट निधन भएकाहरूको घाघरामा सामुहिक चिहान बनाएर दाहसंस्कार गरियो। 

यसबाहेक ३५ लासलाई पाँचवटा आर्यघाटमा जलाइएको थियो भने १३ लासलाई रातु रोड र कांटाटोली आर्यघाटमा जलाइएको थियो। सबैभन्दा बढी दाहसंस्कार हरमु मुक्तिधाममा गरिएको थियो। 

मृतकको संख्यामा बढ्न थालेपछि मुक्तिधाममा लास जलाउने स्थानको कमि भएको छ। 

मानिसहरूले घण्टौंसम्म प्रतिक्षा गर्नुपरेको छ। ठाउँ नपाएपछि उनीहरूले आपसमा मिलेर खुल्ला स्थानमै लासलाई जलाएको भारतीय अखबारले बताएका छन्। 

आर्यघाटमा ठाउँ नहुँदा मुक्तिधाम आर्यघाटको नजिकै रहेको गाडी पार्किङ गर्ने ठाउँमा मानिसहरूले लास जलाएका थिए। अहिले यहाँ लास जलाउन प्रशासनसँग हारगुहार गर्नु परेको छ। 

मोक्षधाममा विजुली दाहगृह भएपनि मेशिन खराब हुँदा काम हुनसकेको छैन। हरमु मुक्तिधाममा बर्षोदेखि लास जलाइरहेका राजुरामका अनुसार यस्तो अवस्था अहिलेसम्म भएको थिएन। ‘मानिस जहाँ गाडी पार्क गर्थे, त्यहाँ लास जलाउनु परिरहेको छ,’ उनले भने। 

कोरोनाका कारण राँचीमा मात्र अहिले २ सय ९० जनाको निधन भइसकेको छ। मार्चको अन्तिम ११ दिनयता पनि १ सय ८२ जनाले ज्यान गुमाएका थिए।


 

प्रकाशित मिति: : 2021-04-12 16:22:00

प्रतिकृया दिनुहोस्