लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम ललितपुर मेयर कप क्रिकेटको फाइनलमा

सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

अन्तिम लिग खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो।

शनिबार हुने फाइनलमा सुदूरपश्चिमले नेपाल एपिएफ क्लबसँग भिड्नेछ।

सुदूरपश्चिम दोश्रो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

लक्ष्मी साउदले ४ विकेट लिएपछि लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउदै मात्र ७२ रन बनाउन सक्यो। सुदूरपश्चिमले १२ दशमलव ३ ओभरमै मात्र दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो।

एकै ओभरमा तीन विकेट लिदै लुम्बिनीको मिडल अर्डर ध्वस्त पारेकी लक्ष्मीले चार ओभरमा १७ रन खर्चंदै चार विकेट हात पारिन् भने लक्ष्मी साउद आजको खेलको म्यान अफ द म्याच समेत घोसित भइन्।

प्रकाशित मिति: : 2021-04-07 16:18:00

प्रतिकृया दिनुहोस्