शीर्षस्थानको म्याड्रिडमाथि सेभियाको जित 

स्पेनिस ला गिलाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडमाथि सेभियाले जित निकाललेको छ। एट्लेटिकोमाथि सेभियाले १–० को जित निकालेको हो।
घरेलु मैदानमा सेभियाको जितमा मार्कोस एकुन्नाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। एकुन्नाले खेलको ७०औं मिनेटमा गोल गरेका थिए।
आइतबार राती भएका प्रतिस्पर्धात्क खेलमा सुसोले दुई डिफेन्डरलाई बिट गर्दै दिएको पासमा जेसस नाभासले दिएको क्रसलाई अनमार्क रहेका एकुन्नाको पावरफुल हेडरले जाली चुमेको थियो।
यो हारपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको २९ खेलबाट ६६ अंक छ। दोस्रो स्थानमा रहेको रियलको ६३ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६२ अंक छ। एट्लेटिकोलाई हराएको सेभिया ५८ अंक जोडेर चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2021-04-05 06:57:00

प्रतिकृया दिनुहोस्