भारतमा कोरोना संक्रमणको सबैभन्दा ‘एक्टिभ केस’, एकैदिन ९२ हजार बढी संक्रमित

Photo : PTI
Photo : PTI

विश्वभरी कोरोना महामारीको संख्या पुनः बढ्न थालेको छ।

यस्तो अवस्थामा भारतले विश्वका सबै राष्ट्रलाई उछिनेको छ। विश्वभरी फैलिएको कोरोना संक्रमणको पछिल्लो घटना हेर्दा भारतमा यसको प्रभाव बढ्दो छ।

शनिबार मात्र भारतमा ९२ हजार ९ सय ९८ नयाँ कोरोना संक्रमित फेला परेका थिए। यो अमेरिका र ब्राजिलको तुलनामा अत्याधिक बताइएको छ। अमेरिकामा शनिबार ६६ हजार १ सय ५४ नयाँ संक्रमित फेला परेका थिए। यस्तै, टर्कीमा ४४ हजार ७ सय ५६ र ब्राजिलमा ४१ हजार २ सय १८ जना संक्रमित भएका थिए। 

शुक्रबार पनि भारतमा ८९ हजार १९ जना संक्रमित भएका थिए। यस्तै अमेरिकामा ७० हजार २ सय २९ र ब्राजिलमा ६९ हजार ६ सय ६२ जना संक्रमित थिए।  पछिल्लो २४ घण्टाको रिपोर्टअनुसार विश्वमा ५ लाख ३९ हजार ६ सय ९५ मानिस कोरोना पोजिटिभ भएका छन्। यसमा ८ हजार ३ सय ७९ जनाको निधन भएको थियो।

सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोनाका कारण हालसम्म १३ करोड १३ लाख मानिस कोरोना संक्रमणको सिकार भएका छन्। यसमा २८ लाख ५८ हजार मानिसको निधन भइसकेको छ। १० करोड ५७ लाख मानिस ठिक भएर घर फर्किए पनि ९७ हजार ३ सय ८५ जनाको अवस्था अझै गम्भीर भएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

हालसम्म सबैभन्दा बढी प्रभावितमा अमेरिका नै अगाडी छ। अमेरिकामा हालसम्म ३ करोड १३ लाख संक्रमित भइसकेका छन्, जसमा ५ लाख ६७ हजारको निधन भएको छ। दोस्रो नम्बरमा ब्राजिल छ। ब्राजिलमा १ करोेड २९ लाख संक्रमित भएका छन् र मर्नेको संख्या ३ लाख २८ हजार नाघेको छ। तेस्रो नम्बरमा रहेको भारतमा पनि १ करोड २४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। यहाँ पनि १ लाख ६४ हजार बढीको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2021-04-04 09:57:00

प्रतिकृया दिनुहोस्