पेटको बोसो घटाउन यसो गरौँ !

बिएल संवाददाता

काठमाडाै‌ं
Sheroes
Sheroes

शरीर मोटाउने हुँदा धेरैजसो सबै तौल पेटमा जम्मा हुने गर्छ ।

कसैको शरीरको तौल ठिक्क भए पनि पेट मात्र बढ्नु सामान्य नै हो। 

पेट बढ्नाले आकार ठूलो हुने लुगा टाइट गराउने, नराम्रो देखाउनुका साथै पेटमा बोसो जमेर स्वास्थ्यलाई समेत नकारात्मक असर पुर्‍याएको हुन्छ। 

पेटमा जम्मा भएको बोसोले मोटोपना, डाइबेटिज, मुटुरोगलगायतका विभिन्न दीर्घकालीन रोगको जोखिम बढाउने गर्छ।

पेटको बोसो घटाउनका लागि धेरै व्यायाम गर्ने, खानै नखाने, डाक्टरको परामर्शबिना तौल घटाउने औषधिको सेवन वा डाइट फलो गर्ने जस्ता हानिकारक विधिहरु अपनाउनु भने हुँदैन। यसले अझै स्वास्थ्यमा हानी पुर्‍याउने गर्छ। 

त्यसैले खानपान र दैनिक गरिने क्रियाकलापमा ध्यान दिई सजिलै पेटको बोसो घटाउन सकिन्छ। पेटको बोसो घटाउने केहीँ उपाय।

तनावलाई घटाउने

ग्रिन टीको सेवन गर्ने

प्रशस्त मात्रामा पानी पिउने

मदिराजन्य पदार्थको सेवन नगर्ने

फ्याट भएको खानाको सेवन त्याग्ने

प्रशस्त निद्रा पुर्‍याउन आवश्यक

प्रशस्त मात्रामा घुलनशील फाइबरको सेवन

खाना पकाउँदा नरिवलको तेल प्रयोग गर्ने

हप्तामा एक पटक माछाको सेवन लाभदायक

उच्च मात्रामा प्रोटिन भएको आहारको सेवन गर्ने

अत्यधिक गुलियो भएको खाना तथा पेयको सेवन नगर्ने

आफूले खाएको खाना र गरिरहेको व्यायामलाई ध्यानमा राख्नुपर्ने

प्याकेटमा राखिएको वा क्यानको फलफूलको जुस पिउन नहुने
 

 

प्रकाशित मिति: : 2021-04-01 11:06:00

प्रतिकृया दिनुहोस्