३७ वर्षपछि घरेलु मैदानमा बंगलादेशलाई हराउँदै नेपालले त्रिदेशीय फुटबलको उपाधि जितेको छ।
नेपालले बंगलादेशलाई २-१ को अन्तरले पराजित गर्दै उपाधी जितेको हो।
आजको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीपनि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका थिए। उनले नेपालको गोलमा ताली बजाएर खेलाडीहरुलाई हौसला र उत्साह दिए।
खेल सकिएपछि उनले विजयी खेलाडीहरुसँग हात मिलाउदै बधाई दिए। त्यतीबेला खेलाडीहरुले पनि प्रधानमन्त्रीले दिएको हौसलालाई सम्मान गर्दै रंगशालाभरी एउटा नारा लगाए, 'केपी बा, वी लभ यु'