त्रिदेशीय फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने फाइनल खेल साँझ ५ः३० बाट सुरु हुनेछ। आज दुबै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने छन्।
नेपालले पछिल्ला सात अन्तर्राष्ट्रिय खेलमा कुनै गोल गर्न सकेको छैन। यो खेलमा पनि नेपाल गोलरहित फाइनलमा पुगेको हो। नेपालले गत चैत १२ गते किर्गिस्तानको यू–२३ र १४ गते बंगलदेशसँग गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको हो।
नेपाली टिमका कम्तान किरण चेम्जोङले उपाधि दिलाउन उत्साहित भएको बताएका छन्। फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा कप्तान चेम्जोङले सोमबारको खेलमा गोल गर्ने र उपाधि दिलाउने दाबी गरेका छन्।
बंगलादेशका कप्तान जमल भुयाले टिमलाई उपाधि जित्नका लागि सुनौलो मौका रहेको बताए।